२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

टिपरको ठक्करबाट बर्दियामा दुई जनाको मृत्यु



नेपालगञ्ज : बर्दियामा टिपरको ठक्करबाट घरको आँगनमा आगो तापिरहेका दुई जनाको ज्यान गएको छ ।

बढैयाताल गाउँपालिका–३ सतपतियाका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

भे १ क १४९५ नम्बरको टिपरको ठक्करबाट ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गरी नेपालगञ्ज–गुलरिया सडक खण्डको भोलागौडीमा प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार
ताजा समाचार