२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

एकलाख बढीको अवैध सामान बरामद



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१६ सुइयाबाट भन्सार छलिको अवैध सामान प्रहरीले बरामद गरेको छ ।

बच्चाको ज्याकेट, टिसर्ट, धोती, कुर्तिलगायतका वेवारिसे लत्ताकपडा बरामद गरिएको जमुनाहा प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार एक लाख ३३ हजार ७६० रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहितको सामान बरामद भएको हो ।

तस्करहरुले भने प्रहरीलाई देखेपछि सामान छाडेर फरार भएका थिए । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमबार
ताजा समाचार