२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

होटलमा बस्दै आएका युवा मृत फेला



कैलाली  : कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन्।

गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

केही समयदेखि होटलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका थिए। कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा उनलाई फेला पारिएको थियो।

उनी माघ ३ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए। के कारणले उनको मृत्यु भएको हो भन्नेबारे खुलेको छैन।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतबार
ताजा समाचार