२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा तीन वर्षीय बालक तलाउमा मृत भेटिए



नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरका तीन वर्षीय बालक तलाउमा मृत अवस्थामा फेला परेका छन् ।

पुष १३ गते अपरान्ह खेल्दा खेल्दै हराएका निशार मोहम्मद शेषका तीन वर्षीय छोरा अक्सत शनिवार राती तलाउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तिले जानकारी दिए । ५० मिटर फरकमा दुईवटा तलाउ छन् ।

तलाउमा डुवेको आंशकामा प्रहरीले पम्पिङसेटबाट पानी सुकाएर खोजतलाश गर्दा राती ९ बजेतिर बालक मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक घर्तिले बताए ।

प्रकाशित मिति : २०७८ पुस १८ गते आइतबार
ताजा समाचार