२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

चार वर्षीया बालिका बलात्कार आरोपमा कैलाली प्रहरीद्वारा एक किशोर पक्राउ



चार वर्षीया बालिका बलात्कार आरोपमा कैलाली प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। मोहन्याल गाउँपालिका वडा नम्बर ७ का १४ वर्षका किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ती किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बालिका र किशोरको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको प्रहरीले जनाएको छ।

कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार बालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने किशोरमाथि थप अनुसन्धान भइरहेको छ।

शुक्रबार बालिकामाथि बलात्कार भएको जाहेरीमा उल्लेख छ।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतबार
ताजा समाचार