२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुई पक्राउ



नेपालगञ्ज : ५५ ग्राम ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका १४ बस्ने ३३ वर्षीय गौरव बुढाथोकी र बाँकेको राप्तीसोनारी गाउँपालिकाका वर्षीय ३२ सुवास विक पक्राउ परेका हुन्

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डिएसपी मधुसुदन न्यौपाने अनुसार उनीहरुलाई मंगलवार बेलुका ७ बजे नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहा चेकपोष्टमा जाँचका क्रममा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले सिमानाकामा जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।

दुबै जनामाथि थप अनुसन्धान भइहेको प्रवक्ता न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७८ मंसिर २९ गते बुधबार
ताजा समाचार