Sadarline
२०८३ असोज २७ , मंगलबार

राप्तीसोनारीमा आगलागी, ३ घर जलेर नष्ट



नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५, जोरपानी गाउँमा आगलागी भएको छ । दिउँसो ढाई बजे शुरु भएको आगलागीबाट तीन वटा घर जलेका छन् ।

सुरक्षाकर्मी, स्थानीयवासी र नेपालगञ्जबाट गएको ३ वटा दमकलले बेलुका ५ बजे आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट करीब ७ लाख बराबरको क्षति भएको बाँकेका डिएसपी मधुसुदन न्योपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ मंसिर २४ गते शुक्रबार
ताजा समाचार