२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

ब्राउन सुगरसहित बर्दियामा तीन जना पक्राउ



बर्दिया : बर्दियामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाले मधुवन नगरपालिका–५ बाट एक भारतीय तथा बढै्याताल गाउँपालिका–७ बाट २ जना नेपालीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा भारत बहराईचका २२ का रोहित कुमार गुप्ता, बढै्याताल सितापुरका २२ बर्षिय प्रदिप सुनार र २१ बर्षिय बिशाल सिंह ठकुरी रहेका छन् ।

गुप्ताको साथबाट ९ सय ६० मिलिग्राम ब्राउनसुगर तथा सुनार र ठकुरीको साथबाट १८ ग्राम ७ सय ६० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ मंसिर १६ गते बिहीबार
ताजा समाचार