२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

ट्रकको ठोक्करबाट बाँकेमा एकको मृत्यु



नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्डको गोल्छा नजिकै ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२–००१ ख ००८८ नम्बरको ट्रकले पैदल हिंडिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का ६० वर्षीय मनबहादुर केसीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका केसीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएराती मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार
ताजा समाचार