२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

माइक्रोबसको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु



नेपालगञ्ज : माइक्रोबसको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–५ धनौली बजार नजिकै माइक्रो बसको ठक्करबाट बिहीवार राती कञ्चनपुरको दोधारा १ का ३० वर्षीय दिनेश बरालको मृत्यु भएको हो ।

खजुराबाट नेपालगन्जतर्फ आउदै गरेको भे १ ख ३३६० नम्बरको माइक्रो बसले विपरित दिशाबाट आउँदै गरेको भे ३ प ५३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बराल मोटरसाइकलमा सवार रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ पुस २ गते शुक्रबार
ताजा समाचार