२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नेपालगञ्जबाट अवैध सामान बरामद



नेपालगञ्ज : भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको विभिन्न सामग्री बाँके प्रहरीले नेपालगञ्जबाट बरामद गरेको छ ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लेडिज कपडा, गहुँ, युरिया मल नेपालगञ्जको गणेशमान चोकबाट बरामद भएको हो । बरामद गरिएको सो सामान करिव ६३ हजार मूल्य बराबरको रहेको उनको भनाइ छ ।

यस्तै भन्सार छलिकै एकलाख बराबरको ताला, चावी र मोजा पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमाण्डमा खटिएको टोलीले सो सामान बरामद गरेको हो ।

बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको एसपी अधिकारीले बताए ।

प्रकाशित मिति : २०७८ कात्तिक २८ गते आइतबार
ताजा समाचार