२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

रोल्पामा बस दुर्घटना ४ को मृत्यु ६ घाइते



 

दाङ : दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा पर्दा ४ जनाको मृत्य्ु भएको छ ।

सो दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बस शहिदमार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक कृष्ण रानाले जानकारी दिए ।

बसमा सवार १० जना रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७८ मंसिर २ गते बिहीबार
ताजा समाचार