२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

महिलाको मृत्युपछि लम्की बजार तनावग्रस्त



नेपालगञ्ज : ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि बजारमा तनावग्रस्त बनेको हो ।

मृतक महिलाको सनाखत भएको छैन । मृत्युपछि स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भीड नियन्त्रण गर्नले प्रहरीले आधा दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गरिसकेको छ ।

अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् ।

प्रकाशित मिति : २०७८ मंसिर ९ गते बिहीबार
ताजा समाचार