२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेमा फरार दुईजना प्रतिवादी पक्राउ



नेपालगञ्ज : बाँकेमा फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बाल यौन दुराचार मुद्दामा फरार प्रतिवादी खजृुरा गाउँपालिका–३ मनकामनाका २३ वर्षका सुमन विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विश्वकर्मालाई २०७६ मंसिर ३ गते जिल्ला अदालतले दोषी ठहर गर्दै ५ महिना ६ दिन कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार थिए ।

यस्तै ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी सोही ठाउँका २५ वर्षीय शतिष विकलाई प्रहरीले पक्राउ गरेको छ । विकलाई उच्च अदालत तुलसीपुर नेपालगञ्जको इजलाशले गत भदौं ३ गते १ वर्ष ३ महिना २४ दिन कैद सजाय तोकेको थियो ।

त्यसपछि उनी फरार थिए । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक १५ गते सोमबार
ताजा समाचार