२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

दाङमा मृत अवस्थामा एक पुरुषको शव भेटियो



दाङ : दाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । लमही नगरपालिका वडा नं. ५ शिव मन्दिर नजिकै एक घरको च्यानल गेटमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

वडा प्रहरी कार्यालय लमहीकी हवल्दार डिलु योगीले दिएको जानकारी अनुसार शवको पहिचान खुलेको छैन । शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ । अन्दाजि ३५÷४० वर्षका जस्ता देखिने ति पुरुषको मृत्यु हुनका कारण पनि खुलेको छैन ।

ति पुरुष लमही बजारमा नै हिँडडुल गर्ने गरेको पाइएको योगीले बताइन् । शव मंगलवार विहान करिब ३ बजेतिर फेला परेको हो ।

प्रकाशित मिति : २०७८ मंसिर १४ गते मंगलबार
ताजा समाचार