२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

एक लाख ९४ हजार अमेरिकी डलरसहित एकजना पक्राउ



नेपालगञ्ज : प्रहरीले पोखराबाट एक लाख ९४ हजार २ सय अवैध अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शनिबार मुस्ताङ लो–घेकर दामोदरकुण्ड गाउँपालिका १ घर भएका ४४ वर्षीय छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर ११ गते शनिबार
ताजा समाचार