२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु १९ घाइते




सल्यान : सल्यानको कालिमाटीबाट दाङको तुलसीपुरका लागि हिडेको भे १ ज ५३२ नंम्बरको जीप दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु हुनुको साथै १९ जना घाइते भएका छन् ।

सल्यान र दाङको सिमाना नजिकै पाखेखुरी खारखोला एक्लेवरमा जीप दुर्घटनामा परेको हो । सो दुर्घटनामा परी जीपका मालिक समेत रहेका कालिमाटी–३ चौडीका देवबहादुर सुनारको मृत्यु भएको छ । भने १९ जना घाइते भएका छन ।

यी मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख प्रहरी नायब निरिक्षक टीका महतराले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक २२ गते सोमबार
ताजा समाचार