२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

जुसको बट्टामा कोरेक्स ल्याउने शाही प्रहरी नियन्त्रणमा



नेपालगञ्ज : भारतको रुपैडिहाबाट रियल जुसको बट्टामा कोरेक्स लिएर आउदै गरेका एक व्यक्तिलाई बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

रुपैडिहाबाट रियल जुसको दुईवटा बट्टामा २ लिटर कोरेक्स र १५ ट्याबलेट नाईट्रोभ्याट बोकेर नेपाल प्रवेश गर्दै गरेका सुर्खेत बिरेन्द्रनगर नगरपालिका वार्डनं.३ बस्ने वर्ष ३० को बबिन शाहीलाई प्रहरीले जमुनाहबाट नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो शाखा नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा शाहीको साथबाट कालो प्लाष्टिक भित्र रहेको दुई वटा रियल जुसको बट्टा भित्र लागू औषध कोरेक्स र १५ ट्याबलेट नाईट्रोभ्याट जस्तो पदार्थ बरामद गरेको थियो ।

प्रकाशित मिति : २०७८ कात्तिक २६ गते शुक्रबार
ताजा समाचार