२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज : बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका–६ बस्ने ४२ वर्षीय नरबहादुर वलीलाई घरबाटै आइतवार पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । वलीलाई २०७७ साल असोज २ गते जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।

अदालतले वलीलाई ५ वर्ष ५ महिना १४ दिनको फैसला सुनाएको थियो । त्यसपछि उनी फरार थिए । पक्राउ परेका वलीलाई आजै जिल्ला अदालतमा बुझाईको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक १४ गते आइतबार
ताजा समाचार