Sadarline
२०८३ असोज २८ , बुधबार

चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ



कैलाली : कैलालीमा धारीलो हतियार (चक्कु) प्रहार गरी एक जनाको हत्या भएको छ । टिकापुर नगरपालीका वडा नं. ८ कालीमाटी शुक्रबार राती साढे १० बजे दुई युवकबीच वादविवाद हुँदा चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारबाट टिकापुर नगरपालीका वडा नं.८ कालीमाटी बस्ने १८ वर्षीय अनुप साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने भजनी नगरपालिका वडा नं. ३ ठेकीपुर बस्ने १८ वर्षीय किरण साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

वादविवाद हुँदा किरणले अनुपलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए । घाइते अनुपको टिकापुर अस्पताल कैलालीमा उपचारका क्रममा राती सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक १३ गते शनिबार
ताजा समाचार