Sadarline
२०८३ असोज २९ , बिहीबार

कैलालीमा विङ्गर दुर्घटना, १२ जना घाइते



कैलाली : कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर ४ राजीपुरमा विङ्गर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । धनगढीबाट टिकापुरको लागि छुटेको विङ्गर मोटरसाईकलसंग ठोकिएको थियो ।

से १ ज ११०५ नम्बरको विङ्गर र से ६ प ५०२ नम्बरको मोटरसाइकल ठोक्किदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए । सोे घटनामा मोटरसाइकल चालक धनगढी–१५ का लक्ष्मण चौधरीको अवस्था गम्भीर रहेको उनले बताए ।

धनगढीबाट टीकापुर गइरहेको विङ्गरले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको उनले बताए । घाइतेलाई उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २०७८ असोज २६ गते मंगलबार
ताजा समाचार