२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

लेनदेन मुद्दाका फरार प्रतिवादी अहिर पक्राउ



नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

लामो समयदेखि फरार रहेका जानकी गाँउपालिका १ का ३७ बर्षीय तिलक राम अहिरलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । जिल्ला अदालत बाँकेले अहिरलाई २०७६ जेठ १५ लेनदेन मुद्दामा फैसला गर्दै ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

त्यसपछि फरार रहेका अहिरलाई जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले पक्राउ गरि आइतवार जिल्ला अदालत बाँकेमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतबार
ताजा समाचार