२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बर्दिया प्रहरीद्वारा अबैध चिनि बरामद गरी भन्सार पठायो



बर्दिया : बर्दिया प्रहरीले सोमबार राती वेवारिसे अवस्थामा छोडिएको चिनि बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कायर्यालय बर्दिया मार्फत खटिएको टोलीले गुलरिया नगरपालिका वडा नं १ बाट वेवारिसे अबस्थामा छोडिएको ३ क्विन्टल ५० किलोग्राम चिनी बरामद गरेको हो ।

बरामद गरिएको सो चिनि अन्दाजी २१ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

भारतबाट अबैध रुपमा भन्सार छलेर चोरी निकासी गरी वेवारीसे छोडिएको अवस्थामा फेला परेको सो चिनि आबश्यक प्रक्रिया पुरा गरि थप कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ भदौ २९ गते मंगलबार
ताजा समाचार