२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बँदेल मार्ने पासोमा परी बर्दियामा तीन जनाको मृत्यु



नेपालगञ्ज : बर्दियामा बँदेललाई थापेको विद्युतीय पासोमा परेर तीन जनाको मृत्यु भएको छ । शुक्रवार राति करिब १० बजेतिर ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको करेन्टको पासोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

शुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अन्य दुई जनालाई पनि करेन्ट लागेको बताइएको छ । बँदेललाई पासो थाप्ने स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिबार
ताजा समाचार