Sadarline
२०८३ असोज २८ , बुधबार

म्याद गुज्रेको खाद्य सामाग्री बिक्रि गर्ने सहकारीलाई २० हजार जरिवाना




नेपालगञ्ज : संयुक्त बजार अनुगमन समिति बाँकेले बुधबार बैजनाथ गाउपालिकाको एक सहकारीलाई अनुचित व्यापारिक कृयाकलाप गरेको अभियोगमा म्याद नाघेका खाद्य सामाग्री नष्ट गर्नुको साथै नगद जरिवाना गरेको छ ।

जिल्ला प्रशाशन कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, बाणिज्य कार्यालय र उपभोक्ता हित संरक्षण मंञ्चको संयुक्त अनुगमन समितिले बजार अनुगमनका क्रममा बैजनाथ गाउपालिका–६ मा सञ्चालनमा रहेको एभरेष्ट कृषि सहकारी लिमिटेडले सञ्चालन गरेको पसलमा म्याद गुजारेको खाद्य सामाग्री विक्रि बितरणको लागि राखेको भेटिएकोले २० हजार नगद जरिवानासहित २५ हजार ४ सय २८ मुल्य बराबरको सामाग्री नष्ट गरेको हो ।

स्थानीय देबबहादुर केसी अध्यक्ष रहेको सो सहकारीले किराना पसल सञ्चालन गरेको र किराना पसलमा म्याद गुज्रेको खाद्य सामाग्री भेटिए पछि जरिवाना गर्नुकोसाथै सामाग्री नष्ट गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए ।

सोही अनुगमन टोलीले मंगलबार मात्र भाटभटेनी सुपरमार्केटमा बिक्रि हुने गरी उत्पादन हुने बेकरी उद्योगमा म्याद गुज्रेको सामाग्री बरामद गरेको थियो ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधबार
ताजा समाचार