२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बर्दिया प्रहरीद्वारा लाखौको केराउ नियन्त्रण




बर्दिया  : जिल्ला प्रहरी कार्यालय बर्दियाले लाखौ मूल्य बराबरको केराउ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले भारत लैजान लागेको अवस्थामा राखिएको गुलरिया नगरपालिका वडा नम्बर–१० स्थित विनोद बर्माको मिल अगाडि खाली जमिनमा केराउको बोराहरु साइकलमा लोड गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको बताए ।

प्रहरीले बरामद गरेको केराउ १ सय ६८ क्विन्टल ७५ किलो र ८ वटा साईकाल रहेको छ । जसको बजार मूल्य करिब १६ लाख ९ हजार ५ सय रुपैयाँ रहेकोे प्रहरी उपरीक्षक कार्कीले बताए । उनले केराउ कसको हो भन्ने विषयमा अनुसन्धान भैरहेको बताए ।

प्रकाशित मिति : २०७८ भदौ ३ गते बिहीबार
ताजा समाचार