२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

दुईलाख बढीको सुपरपावर नियन्त्रणमा लिई भन्सारमा बुझाईयो




नेपालगञ्ज  : बाँके प्रहरीले भन्सार छलेर अबैध रुपमा ल्याइएको करिब दुई लाख बढिको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१३ कोरियनपुरबाट सो सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरीको मोबाइल गस्तीटोलीले बेवारिसे अवस्थामा रहेको ‘सुपर पावर’ बाण्डको अन्दाजी मूल्य २ लाख १० हजार बराबरको रहेको जनाएको छ ।

बरामद गरिएको सुर्तीजन्य पदार्थ आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको बाँके प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मंगलबार
ताजा समाचार