२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

दाङ्गमा मलामीको नुहाउने क्रममा डुबेर मृत्यु




दाङ्ग :  दाङ्गमा मलामी गएका एक व्यक्तिको बबई नदीले बगाउँदा मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडानं. १ बाँकीका ५० वर्षीय वामदेव देवकोटाको बबई नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

 देवकोटालाई शुक्रबार बिहान दश बजेतिर बाँकेस्थित निर्माणाधीन बबई पुल  नजिकबाट  बगाएको  र  पाँच  सय मिटर दक्षिणको  बैबाङमा  शव फेला परेको डिएसपी अर्यालले जानकारी दिए । गाउँकै एक जना मानिसको मृत्यु पछि गाउँलेहरू मलामी गएका बेला देवकोटा नुहाउन बबईमा पसेपछि बाढीले बगाएको डिएसपी अर्यालले जानकारी दिए ।

मलामी गएका मानिसहरू घर फर्किने क्रममा परम्परा अनुसार नुहाउने प्रचलन छ । नुहाउने क्रममा बाढीमा बगेका उनको स्थानीयले शव निकालेका थिए । देवकोटा दंगिशरण १ बाँकीका ९० वर्षीय दिलबहादुर रानाको मृत्यु भएपछि गाउँले सँगै मलामी गएका थिए ।

प्रकाशित मिति : २०७८ भदौ ११ गते शुक्रबार
ताजा समाचार