२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

खोलाले बगाउँदा सल्यानमा एक बालकको मृत्यु



सल्यान : सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ । खोलाले बगाउँदा सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे जारढुङ्गाका १२ वर्षीय बालक ओमकार वलीको ज्यान गएको हो । खोलाले बगाउँदा बालककी ३२ वर्षीया आमा दिलसरा वली घाइते भएका छन् ।

शनिवार बेलुका गोठालोबाट घर फर्किँदै गर्दा गोगनपानीमा चोरपाटा खोलाले आमा र छोरा दुवै जनालाई बगाएको थियो ।

३० मिटर तलसम्म बगेर आमा बाँच्न सफल भएकी थिइन् । ओमकारको शव ४ सय मिटर तल भेटिएको छत्रेश्वरी गाउँपालिका–४ का वडाअध्यक्ष नेवबहादुर खड्काले बताए ।

दिलसराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतबार
ताजा समाचार