२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

अबैध कपडा बरामद गरी भन्सारमा




नेपालगञ्ज  : बाँके प्रहरीले अबैध भन्सार छलेर भित्र्याउदै गरेको कपडा बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यलय बाँकेबाट खटिएको टोलिले शनिबार विहान पुष्पलाल चोक नजिकै सो कपडा फेला पारेको जनाएको छ ।

करिव १ लाख ६ हजार ६ सय बराबरको बेवारिसे अवस्थामा रहेको कुर्ता सुरुवाल लगायतका विभिन्न लत्ता कपडाहरु पुष्पलालचोकमा फेला पारेको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका अनुसार फेला पारेको सो लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतबार
ताजा समाचार