२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

भरुवा बन्दुक र कटुवा पेस्तोलसहित बाँकेमा एकजना पक्राउ



नेपालगञ्ज : भरुवा बन्दुक र कटुवा पेस्तोलसहित बाँकेमा एकजना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका–६ दोन्द्राका ५० वर्षीय छोटेलाल राढ भरुवा बन्दुक र कटुवा पेस्तोलसहित शुक्रवार पक्राउ परेका हुन् ।

हातहतियारको बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको टोलीले राढबाट एकनाले भरुवा बन्दुक एकथान, त्यसमा लाग्ने छर्रा तीन थान र एउटा कटुवा पेस्तोल बरामद गरेको हो ।

पक्राउ परेका राढमाथि थप अनुसन्धान भइरहेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रबार
ताजा समाचार