२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

सशस्त्र प्रहरी बर्दियाद्वारा करिव डेढलाखको अबैध सामान नियन्त्रणमा



बर्दिया : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाले मंगलबार भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा करिव डेढ लाखबराबरको विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ ।

सीमा सुरक्षाका लागि मातहतमा रहेका विभिन्न युनिटबाट खटिएका सशस्त्र प्रहरीले भारतबाट भन्सार चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा विभिन्न सामानहरु बरामद गरेको हो ।

गणले दिएको जानकारी अनुसार भारतबाट भन्सार छलेर नेपालमा भित्र्याउँदै गर्दा सीमा क्षेत्रमा रहेका विभिन्न युनिटबाट खटिएका सशस्त्र प्रहरीका टोलीले करिव १ लाख ४१ हजार ७ सय ६० मुल्य बारबरको चिनी, भेली, सिसाको कचौरा, गिलास र सालको गोलिया नियन्त्रणमा लिएको जनाएको छ ।

सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट नेपालमा प्रवेश गरेको एक भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाले जनाएको छ ।

गस्ती गएको सशस्त्र प्रहरीलाई देखेपछि सामानहरु छोडेर तस्करहरु भारततर्फ नै भागेका थिए । मोटरसाइकलसहित बरामद गरिएका सामानहरु सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाएको छ ।

प्रकाशित मिति : २०७८ भदौ १५ गते मंगलबार
ताजा समाचार