२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

लागुऔषधसहित भारतीय नागरिक पक्राउ



नवलपरासी : पश्चिम नवलपरासीबाट १० किलो लागुऔषध चरेससहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पचपेडाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका–४ बर्दघाटेबाट भारत उत्तर प्रदेशका महाराजगंज जिल्ला बर्गदवा भगतपुर बस्ने ३७ वर्षीय राजेश यादवलाई पक्राउ गरेको हो ।

पैदल हिँडिरहेका यादवलाई शंका लागेर जाँच गर्ने क्रममा उनको साथबाट १० किलो चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

यादवको साथबाट कालो भिर्ने झोलामा पत्रिका र टेपले बेरेको २६ वटा प्याकेटमा चरेस फेला परेको थियो ।

पक्राउ परेका यादवलाई लागुऔषध मुद्दामा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको पहरी नायव उपरीक्षक लामाले बताए ।

प्रकाशित मिति : २०७८ भदौ १० गते बिहीबार
ताजा समाचार