२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेमा फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज : बैङ्किङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादीलाई आज बाँके प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ का ३८ वर्षीय जीवन धिताललाई घरबाटै पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

गएको फागुन १२ गते जिल्ला अदालतले फैसलाबाट धिताल दोषी ठहर भएका थिए । उनलाई तीन दिन कैद र दुई लाख ८० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यसपछि उनी फरार थिए । पक्राउ परेका धिताललाई आजै जिल्ला अदलातमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहीबार
ताजा समाचार