२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

पार्किङ गरेर राखेको बसमा आगजनी



दाङ : दाङको तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा अज्ञात समूहले आइतवार राति आगजनी गरेको छ । घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथि आगजनी भएको हो ।

रा १ ख १८९२ नम्बरको बसमा राति २ बजे सो समूहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिए ।

प्रहरी राति नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तिहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमबार
ताजा समाचार