२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

पाटे बाघको आक्रमणमा बर्दियामा एकको मृत्यु



बर्दिया : पाटे बाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया निकुञ्जले जनाएको छ ।

शनिबार भैंसी चराउन सामुदायिक वन गएका उनी घर नफर्किएपछि निकुञ्जको टोलीले खोजी गरेको थियो । हात्तीको सहायताबाट खोजी गर्ने क्रममा कालीगोडी बफरजोन सामुदायिक वनमा गोरे आइतवार बिहान मृत भेटिएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए ।

योसहित बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतबार
ताजा समाचार