२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

डडेल्धुरामा युवक मृत फेला



डडेल्धुरा : डडेल्धुरामा एक युवक मृत फेला परेका छन् । जिल्ला सदरमुकाम बागबजार घरनजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन् ।

मृत फेला परेका धामीको खल्तीमा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । उनले कागजमा बेरेर राखेको ब्राउन सुगर फेला परेको उनले बताए ।

धामी भीमदत्त चोकनजिक एक पसलको बाहिर मृत अवस्था फेला परेका थिए । शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र अहिलेसम्म मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रबार
ताजा समाचार