२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु




नेपालगञ्ज  : नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझाचोक नजिकै मोटरसाइकल दुर्घटना हुदाँ एक युवाको मृत्यु भएको छ । नेपालगञ्जबाट राँझातर्फ आइरहेको भे ७ प ९१९४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हुम्ला घर भएका शंकर शाही रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार तीब्र गतीमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते शाहीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहीबार
ताजा समाचार