२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बर्दिया प्रहरीद्वारा एकदिन कैद सजाय तोकिएका फरार कसुरदार पक्राउ




बर्दिया  :  बर्दिया प्रहरीद्वारा सवारी ज्यान मुद्दामा एकदिन कैद सजाय तोकिएका फरार कसुरदार पक्राउ गरी कारागार पठाएको छ ।

बर्दिया जिल्ला अदालतको २०७१ मंसिर १ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा १ दिन कैद सजाय तोकिई फरार रहेका कसुरदार बारबर्दिया नगरपालिका वडानं. ७ बस्ने बर्ष ४५ को बलबहादुर थापा क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाको प्रहरी टोलिले झण्डै ८ वर्षपछि २०७८ असार २० गते पक्राउ गरी बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले चालु आर्थिक वर्षमा फरार कसुरदार पक्राउ अभियान अन्तर्गत ९० जनालाई पक्राउ गरि सकेको छ भने निजहरु बाट ५१ वर्ष ८ महिना २५ दिन कैद र २१ लाख ९९ हजार २ सय ९ रुपैयाँ जरिवाना असुल गराईएको बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार २२ गते मंगलबार
ताजा समाचार