Sadarline
२०८३ असोज २८ , बुधबार

कोहलपुरमा ८२ वर्षिया महिलाको हत्या




कोहलपुर (बाँके)  : बाँकेको कोहलपुर–११ एकता नगरमा जष्ेठ नागरिक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेका अनुसार मृतकको टाउकोमा गम्भीर चोट छ ।

मृतक महिला ८२ वर्षिया साउली कार्की भएको खुल्न आएको छ । घरमै रहेको अवस्थामा उनको टाउकोमा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक अनुसंधानको लागि घटनास्थल मुचुल्का गरी शव पोष्टमार्टमको लागि पठाएको जनाएको छ ।

घटनालाई गम्भीरता पूर्वक लिएर अनुसंधान सुरु गरिएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए । मृतक महिला माओवादी केन्द्र निकट वाईसियल बाँकेका संयोजक आकाश कार्कीकी आमा हुन ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतबार
ताजा समाचार