२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

पहिरोले घर पुर्दा रोल्पामा तीनजनाको मृत्यु, तीन घाइते



रोल्पा : रोल्पाको रोल्पा नगरपालिका –९ होमामा मंगलवार राती पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६ जना सुतेका मध्ये २ जनाको अवस्था सामान्य रहेको छ। भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीसहितको टोली घटनामा पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधबार
ताजा समाचार