२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाघको आक्रमणमा बर्दियामा एक महिलाको मृत्यु



नेपालगञ्ज : पाटेबाघको आक्रमणमा परी बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।

खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।

प्रकाशित मिति : २०७८ जेठ १८ गते मंगलबार
ताजा समाचार