Sadarline
२०८३ असोज २७ , मंगलबार

बाँकेमा यस वर्ष छिट्टै रोपाई हुने



नेपालगञ्ज : बाँकेमा यो वर्ष गत वर्ष भन्दा अगाडी नै धान रोपाई हुने भएको छ । समयमै पानी परेकाले धान रोपाइँका लागि किसानहरु तयारीमा जुटेका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार व्याड तयार भइसकेकाले रोपाइँको लागि किसानहरु तयारी अवस्थामा छन् ।

बाँकेमा रामधान, राधा ४, सामामनसुली, चैते पाँच, हाइब्रेड जातको धान खेती हुने गरेको छ । कार्यालयले परीक्षणका लागि केही नयाँ जातका धान पनि किसानमाझ पठाइएको ढकालले बताए ।

बाँकेमा करिव साढे ३६ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । समयमै बर्षा भएकाले किसानले समयमै धानको व्याड राख्न पाएका हुन् ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहीबार
ताजा समाचार