२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

गन्धर्व परिवारलाई बर्दिया प्रहरीद्वारा स्वास्थ्य सामाग्री वितरण




बर्दिया :  जिल्ला प्रहरी कार्यालय बर्दियाले कोभिड–१९ महामारीको संक्रमणको जोखिम न्यूनीकरणमा सघाउ पुराउने उद्देश्यका साथ गन्र्धब परिवारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

बढैयाताल गाउँपालिका वडा नम्बर ४ मा बस्दै आएका गन्धर्व समेदायको बस्तीमै पुगेर गन्धर्व समुदायका ७० घर–परिवारका निम्ति मास्क र साबुन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराईएको बर्दिया प्रहरी प्रमु्ख प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए ।

सो सामाग्री प्रहरी उपरीक्षक कार्कीले गन्धर्व समाज बर्दियाका अध्यक्ष दिलीप गन्धर्व लगायत पदाधिकारीहरुलाई हस्ताण्तरण गरेका थिए ।

प्रकाशित मिति : २०७८ असार १ गते मंगलबार
ताजा समाचार