२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

‘रेमडिसेभिर’ ईन्जेक्सन कालोबजारी गरेको आरोपमा दुई पक्राउ




नेपालगञ्ज : बाँके प्रहरीले कोरोना संक्रमितको लागि उपचारमा सहयोगि मानिएको ‘रेमडिसेभिर’ ईन्जेक्सनको कालो बजारी गरेको आरोपमा दुई जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालयबाट खटेको टोलीले उनीहरुलाई २ भाईल ‘रेमडिसेभिर’ ईन्जेक्सन ५० हजारमा बिक्रि गरेको आरोपमा नेपालगञ्ज श्रृष्टिहल नजिकबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका नेपालगञ्ज–८ का २३ वर्षिय मो जाबेद अन्सारी र नेपालगञ्ज–११का २५ वर्षिय हारुन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक सुवाश खड्काले जानकारी दिए । प्रहरीले उनीहरुबाट बरामद भएको ईन्जेक्सन ‘रेमडिसेभिर’ भए नभएको अनुसंन्धान सुरु गरेको जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका जाबेद मेडिकल रिप्रेन्जेटिभ भएको बुझिन आएको छ । हारुन दराज बनाउने कारिगर रहेको र प्रहरीले पक्राउ गर्दा उनी जाबेदको साथमा रहेको आफन्तले बताएका छन । प्रहरीले उनीहरु माथि अनुसंन्धान सुरु गरेको जनाएको छ । केही समय यता बाँकेमा कोरोना संक्रमणको दर बृद्धि भएसंगै ‘रेमडिसेभिर’ ईन्जेक्सनको माग अत्याधिक रहेको छ ।

बजारमा साढे ५ हजारसम्ममा बिक्रि हुने सो ईन्जेक्सन कालोबजारी गरी २५ हजारमा प्रतिभ्वायल बिक्रि गरेको पाइएपछि उजुरीको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।

यसअघि ‘रेमडिसेभिर’ ईन्जेक्सनको विक्रिमा अनियमितता गरेको आरोपमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरमा रहेको गौतम बुद्ध नेपालगञ्ज फार्मेसी प्रालिलाई बजार अनुगमनको टोलीले २ लाख जरिवाना गरेको थियो ।

प्रकाशित मिति : २०७८ वैशाख २९ गते बुधबार
ताजा समाचार