२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु



नेपालगञ्ज : हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जबाट वस्तीमा छिरेको जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका वडा नम्वर १ सर्खोल फचकपुरकी ३७ बर्षिया चन्द्रा विकको मृत्यु भएको हो ।

घरमै सुतीरहेको अवस्थामा सोमवार राती १० बजे उनीसहित उनको ३ वर्षिया छोरी दिपीका विकलाई हात्तीले आक्रमण गरेको हो ।

आक्रमणबाट दिपीका गम्मीर घाईते भएकी छन् । गंभिर घाईते भएकी उनलाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

प्रकाशित मिति : २०७८ जेठ ११ गते मंगलबार
ताजा समाचार