Sadarline
२०८३ असोज २७ , मंगलबार

नेपालगञ्जबाट अक्सिजन बोकेर हिँडेको गाडी दुर्घटना



नेपालगञ्ज : नेपालगञ्जदेखि दांगको तुलसीपुर जाँदै गरेको अक्सिजन बोकेको गाडी दुर्घटना भएको छ । नेपालगञ्जदेखि तुलसीपुरतर्फ गइरहेको अक्सिजन बोकेको जिप बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ अगैया नजिक दुर्घटनामा परेको हो ।

सोमबार दिउँसो राप्तीसोनारीस्थित मुगुवा खोलादेखि २ किलोमिटर अगाडी अगैया नजिक भएको उक्त जिप दुर्घना भएको छ । दुर्घटनामा सवारी चालक तथा सहचालक सकुशल रहेका छन् । जिपले २० थान ठुलो भरिएको अक्सिजन सिलिन्डर बोकेको थियो ।

जिपमा लोड गरिएको अक्सिजनलाई अर्को गाडीमा राखेर पठाउन लागिएका शम्शेरगंज प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेठ ३ गते सोमबार
ताजा समाचार