२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

निकुञ्ज कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु



नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

निकुञ्जको खैरी पोष्टमा गेम स्काउट पदमा कार्यरत रुकुम घर भएका नवराज बुढाथोकीको गएराति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

२ वटा बाईकमा ३ जनाको टोली गस्तिबाट फर्किने क्रममा बुढाथोकीले चलाएको बाईक दुर्घटनामा परेको हो ।

बुढाथोकीले चलाएको भे १० प ९५४९ नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तर्गत शम्शेरगंज र मुगुवा खोलाको बीचमा रोकिराखेको विग्रेको ट्रकमा ठोक्किएको थियो ।

गस्ती गर्न गएका बेला सो दुर्घटनामा परेर बुढाथोकीको मृत्यु भएको निकुञ्जका सहायक वार्डेन महेश न्यौपानले बताए ।

प्रकाशित मिति : २०७७ चैत ८ गते आइतबार
ताजा समाचार