२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

कोहलपुरस्थित निर्माणाधीन भवनमा शव भेटियो



नेपालगञ्ज : कोहलपुर नगरपालिका ११ रेडक्रश रोडमा निर्माणाधीन भवनमा एक युवाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार निर्माणाधीन घरमा गाडिएको समरसेबल पम्प नजिकै युवाको शव भेटिएको हो ।

शव नजिकै कैची भेटिएकाले समरसेबल पम्पको मिटर चोर्ने क्रममा ति युवाको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । बिधान पौडेलको नवनिर्मित घरमा रहेको समरसेबल पम्पको तार काटिएको अवस्थामा रहेकाले चोरी गर्ने नियतले नै ति युवा त्यहाँ पुगेको हुन सक्ने प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०७७ चैत ९ गते सोमबार
ताजा समाचार