२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

अटोले ट्रकलाई ठक्कर दिँदा चालक गम्भीर घाइते



नेपालगञ्ज : नेपालगञ्जको राँझा चोकमा अटोले ट्रकलाई पछाडिबाट ठोक्दा अटो चालक गम्भीर घाइते भएका छन् ।

भे १ ह २७३८ नम्बरको पेट्रोल अटोले नम्बर नखुलेको ट्रकलाई आइतवार राति ११ बजेतिर राँझा गेट भन्दा एक सय मिटर दक्षिणमा पछाडिबाट ठोक्दा नेपालगञ्ज २० थपुवा बस्ने ४० बर्षीय पर्शुराम परियार गम्भीर घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घाइते परियारको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ फागुन १७ गते सोमबार
ताजा समाचार